पानीमा भिज्न मन पर्छ ? यस्ता छन् फाइदा

काठमाडौं । पानीमा भिज्नुको रमाइलो बेग्लै हुन्छ । यसले आनन्द दिनेमात्र होइन अन्य धेरै फाइदा पनि गर्छ । पानीमा भिज्दा हर्मोनको सन्तुलन मात्र नभई छालाको समस्याबाट पनि राहत दिन्छ ।
गर्मीमा हुने समस्याबाट छुटकारा पाउने हो भने पनि एकपटक पानीमा भिज्नु पर्छ ।
वर्षाको पानी एकदमै हल्का र यसको पीएच क्षारीय हुन्छ । यस्तो पानी उपचारको लागि पनि प्रयोग गर्न सकिन्छ । यसले रक्तचाप, सुगरलाई सन्तुलन राख्छ, मुटुसम्बन्धी रोगबाट छुटकारा पाउँछ, छालाको समस्या हुँदैन । यदि वर्षाको पानीलाई माटोको भाँडोमा जम्मा गरेर राख्ने हो भने त्यो अमृत बराबर हुन्छ ।
यसले शरीर र दिमागलाई ताजा बनाउँछ । यसको सबैभन्दा ठूलो विशेषता माटोमा हुने मिनरल्स र ब्याक्टेरिया हुँदैन, जसका कारण यो स्वास्थ्य र सौन्दर्य दुवैका लागि फाइदाजनक हुन्छ । प्रकृतिले रोग दिन्छ भने उपचार पनि दिन्छ । गर्मीमा छाला र कपालमा धेरै किसिमका समस्या देखा पर्छन् ।
यी सबै पानीमा भिजेर उपचार गर्न सकिन्छ । गर्मीमा हुने सबै स्वास्थ्य समस्याको उपचार भनेको वर्षामा भिज्नु हो । वर्षाको पानीमा नुहाउँदा शरीरमा हर्मोनको सन्तुलन कायम रहने विश्वास गरिन्छ । यसबाहेक कसैलाई कानसँग सम्बन्धित समस्या छ भने वर्षाको पानीले नुहाउँदा कान दुख्नेलगायत अन्य संक्रमण पनि हट्छ ।
शरिर, छाला र अनुहार सफा गर्नुका साथै वर्षाको पानीले अनुहारमा जम्मा भएका हानिकारक ब्याक्टेरियालाई निकाल्छ । वर्षाको पानीमा क्षारीय गुण हुने भएकाले यसले अनुहार सुन्निने र दुखाइलाई पनि कम गर्छ । बालबालिकालाई गर्मीमा छालामा चिसो र तातोको प्रभावका कारण घमौरा आउँछ । बर्षाको पानीले बच्चालाई घमौराबाट पनि बचाउँछ ।
कपालको धुलो र फोहोरलाई पूर्णतया सफा गर्न वर्षाको पानी निकै फाइदाजनक हुन्छ । यसको क्षारीय पिएचका कारण, यसले कपालको फोहोर हटाउन मद्दत गर्दछ । यसबाहेक वर्षाको पानीमा माटोमा घुलनशील मिनरल्सको कमी हुने भएकाले यो कपाल सफा गर्न पनि उपयोगी हुन्छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया