सिसिटिभी फुटेज प्रकरण : प्रहरी रिपोर्टको सिल खोलियो, अब विज्ञसँग परामर्श गरिने
काठमाडौं । अर्थ मन्त्रालयको सिसिटिभी फुटेजबारे नेपाल प्रहरीबाट प्राप्त फरेन्सिक रिपोर्टबारे संसदीय छानबिन समितिले विज्ञसँग परामर्श गर्ने भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको समिति बैठकमा प्राप्त फरेन्सिक रिपोर्टको सिल खोलिएको थियो । त्यसको अध्ययनपश्चात समितिले यसबारे विज्ञसँग परामर्श गर्ने निर्णय गरेको हो ।
प्रहरीले बुझाएको रिपोर्ट प्राप्त भए पनि समितिले त्यसमा जेठ १४ गते मध्यरातिको सिसिटिभी फुटेज भेटिएको छ कि छैन भन्नेबारे केही बताएको छैन ।
समिति सचिव सुरेन्द्र अर्यालले यसबारे विज्ञसँग परामर्श गर्ने निर्णय भएको जानकारी दिए । रिपोर्टमा के छ भन्नेबारे अहिले सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
चालु आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ । शर्माले सुरुदेखि नै आरोप अस्वीकार गर्दै आए पनि चौतर्फी दबाब थेग्न नसकेर राजीनामा दिइसकेका छन् । उनको राजीनामापछि संसदीय छानबिन समिति गठन भएको छ । सुरुमा दिइएको १० दिनको समयले नपुगेर थप सात दिन प्राप्त गरेको समितिले अर्थसँग सिसिटिभी फुटेज मागेकोमा प्राप्त नभएपछि त्यसको हार्डडिस्क नै फरेन्सिक ल्याबमा पठाएको थियो ।
प्राप्त रिपोर्टबारे मंगलबार बिहान छलफल गरेको समितिले आजै अपराह्न ४ बजे बैठक बोलाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया