NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भारतीय चलचित्रका महंगा सुटिङ सेट

काठमाडौं । भारतमा अहिले चलचित्र शमशेरा प्रर्दशन भएको छ । चलचित्रको बनावट र सेटले अहिले चर्चा बटुलेको छ । उक्त सेटलाई तयार पार्न ५०० जनाले चलचित्र टिमलाई ४ महिनासम्म साथ दिएका थिए । योभन्दा पहिले पनि भारतमा धेरै चलचित्रका सेटले चर्चा पाइसकेका छन् । केहि चलचित्रका सेट तयार पार्न १ चलचित्र बनाए जति नै रकमसमेत खर्च गरेका छन् चलचित्रकर्मीले ।

बाहुबली
बाहुबली चलचित्रको सेट पनि महंगोमध्येमा पर्छ । यसलाई बनाउन निर्माण टिमले ३५ करोड रुपैयाँ खर्चिएको थियो । यो सेट बनाउनका लागि ५०० जनाले ५० दिनसम्म मेहनत गरेका थिए । सेटलाई बनाउनुभन्दा पहिले आर्टिस्टले लगभग १५०० स्केच बनाएका थिए । त्यस्तै चलचित्रमा देखाइएको फाइबरबाट बनाइएको भल्लालदेवको मुर्ति बनाउन मात्र २०० मजदुरले एक महिना लगाएका थिए । यस चलचित्रको कुल बजेट १८० करोड थियो ।

बम्बे भेटभेट
उक्त चलचित्रको छायांकन स्थल निर्माण गर्न चलचित्र निर्माण टोलीले १२० करोड रुपैयाँ खर्च गरेको थियो । पुरै मुंम्बई सहर देखाउन चलचित्रकर्मीले ११ महिनासम्म सेट बनाउन लगाएका थिए । चलचित्र बनाउँदा सबैभन्दा बढी खर्च सेटमा गएको निर्माण टिम बताउँछन् ।

देवदास
सन्जय लीला भन्सालीको चलचित्र देवदासमा शाहरुख खान, एश्वर्य राय र माधुरी दीक्षितले अभिनय गरेका छन् । यो चलचित्रको एउटा सेट बनाउन ९ महिना लगाएको थियो । जसका लागि २० करोड रुपैयाँ खर्च भएको थियो । चलचित्रमा चन्द्रमुखिको कोठा बनाउन मात्र १२ करोड खर्च भएको थियो ।

कलंक
करण जोहरले बनाएका यो चलचित्रको सेटले निकै चर्चा पाएको थियो । करिब १५ करोड रुपैयाँमा उक्त सेट बनाइएको थियो । चलचित्र बनाउन भने १३० करोड लागेको थियो ।

बाजीराव मस्तानी
सन्जय लीला भन्सालीको यो चलचित्रमा २३ सेटका साथै गुजरातको आइना महलमा सुट गरिएको थियो । यसको सेट बनाउँदा ८ देखि ९ महिना लागेको थियो । चलचित्रको कुल बजेट १४५ करोड रुपैयाँ थियो ।

जोधा अकबर
यो ऐतिहासिक चलचित्रमा ऋतिक रोशन र ऐश्वर्या रायको प्रमुख भुमिका देख्न सकिन्छ । कर्जतमा बनाइएको यो चलचित्रको सेट बनाउन १२ करोड खर्च गरिएको थियो । यो चलचित्रको बजेट ४० करोड रुपैयाँ थियो ।

प्रेम रतन धन पायो
सुरज बडजात्याले निर्माण गरेको चलचित्रको सेटमा १३ देखि १५ करोड खर्च गरिएको थियो । यस चलचित्रको बजेट १८० करोड थियो ।

मुगल (ए) आजम
यो ऐतिहासिक प्रेमले भरिएको चलचित्रलाई छायांकन गर्न १ करोड ५० लाख खर्चिएको थियो । खबरका अनुसार चलचित्रमा भएको प्यार किया तो डरना क्या बोलको गीत छायांकन गर्न मात्रै निर्माण टोलीले दुई वर्ष लगाएर १० लाख भारु सेट बनाउन खर्च गरेको थियो ।