NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

च्याम्पियन्स लिग खेल्नकै लागि रोनाल्डो युनाइटेड छोड्न चाहन्छन्, तर कहाँ जाने ?

काठमाडौं । पोर्चुगिज राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई युरोपियन च्याम्पियन्स लिगका बादशाह मानिन्छन् । उनी सर्वाधिक पाँचपटक च्याम्पियन्स लिग जित्ने खेलाडी हुन् । साथै, उनीसँग सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्नेलगायत थुप्रै कीर्तिमान छन् च्याम्पियन्स लिगमा ।

उनै रोनाल्डोसम्मिलित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भने यो वर्ष च्याम्पियन्स लिगमा छनोटसमेत हुन सकेन । च्याम्पियन्स लिग जिताउन भनेरै गत वर्ष इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड आएका रोनाल्डो जतिबेला स्तब्ध भए उतिबेला आफ्नो टोलीलाई सो प्रतियोगितामामा छनोट नै गराउन सकेनन् ।

पाँच पटकका बालेन डी’ओर विजेता रोनाल्डोको युनाइटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।

यद्यपि, च्याम्पियन्स लिगमा स्थान बनाउन नसकेकै कारण सम्झौता नसकिँदै रोनाल्डोले युनाइटेड छोड्ने मनस्थिति बनाइसकेका छन् ।

यता युनाइटेडले भने रोनाल्डोलाई क्लबमै राख्न चाहेको बताइसकेको छ ।

यसका बीच, रोनाल्डोले क्लब छाड्ने विषयमा मुख्य प्रशिक्षक एरिक टेन हागसँग छलफल गर्ने भएका छन् ।

प्रशिक्षक हागसँगको छलफलका लागि रोनाल्डो यतिबेला विदा सकेर म्यानचेस्टर आइसकेका छन् । रोनाल्डो र हागबीच मंगलबार छलफल हुने बताइएको छ ।

रोनाल्डोले यसअघि नै युनाइटेडसँग क्लब छाड्ने अनुमति मागिसकेका छन् ।

यद्यपि, ३७ वर्षीय रोनाल्डोलाई युरोपका ठूला क्लबले अनुबन्ध गर्न लागि चासो देखाएका छैनन् । यसले गर्दा रोनाल्डो तनावमा रहेको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेसीलाई बार्सिलोना फर्काउने संकेत : आर्थिक अवस्था सुधार या लापोर्टाको मन बदलियो ?

ताजा अपडेट

नेपालवाच विशेष