कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ६३८ जनामा संक्रमण
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । आइतबारदेखि लगातार कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
आइतबार २ जना, सोमबार १ र आज २ जना गरी यो साताको तीन दिनमै ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या हालसम्म ११ हजार ९५९ पुगेको छ ।
यस्तै मंगलबार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार ५६८ जनामा कारोना संक्रमण देखिएको थियो । केही दिनयता संक्रमण लगातार वृद्धि हुँदै गइरहेको छ ।
जम्मा ५ हजार ५५ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा २४ घण्टामा कोरोना संक्रमित थपिएका हुन् । यसमध्ये पिसीआरबाट २ हजार २१५ र एन्टीजेनमा २ हजार ८४० जनामा कोरोना पुष्टि भएको मन्त्रालयल जनाएको छ ।
यस्तै, एक दिनको अवधिमा संक्रमणमुक्त हुनेको संख्या २१८ जना भएकाे छ । योसँगै निको हुनेको कुल संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ । मन्त्रालयले जारी गरेको विवरणमा पछिल्लो २४ घण्टामा ३ हजार ७१४ सक्रिय संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया