क्याट्रिना कैफ र विकीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ
काठमाडाैं । बलिउड अभिनेत्री क्याट्रिना कैफ र उनका पति एवं अभिनेता विक्की कौशलको हत्या गर्ने धम्की दिएका एक व्यक्ति पक्राउ परेका छन् ।
ती व्यक्तिले क्याट्रिना आफ्नी श्रीमती भएको बताउँदै इन्स्टाग्राम अकाउन्टमा थ्रोब्याक तस्विर पनि सेयर गरेका छन् । मुम्बई प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । अभियुक्तको नाम मनविंदर सिंह रहेको छ ।
सिंहले सोसल मिडिया प्रोफाइलमा क्याट्रिनालाई ‘माई वाइफ’ लेखेका छन् । क्याट्रिनासँगको फोटो मोर्फ गरेर उनको आधिकारिक आईडीमा पनि उनले ट्याग गरेका छन् । क्याट्रिनासँग आफ्नो विवाह भएको भन्दै इन्स्टाग्राममा सेयर पनि गरेका छन् । केही महिनादेखि स्टार जोडीलाई दुर्व्यवहार गर्ने सिंहलाई अहिले मुम्बई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सेलिब्रेटीहरूलाई यस्तो धम्की दिएको यो पहिलो घटना होइन । यसअघि अभिषेक बच्चन र ऐश्वर्या राईको विवाहमा पनि एक मोडेलले यस्तै व्यवहार गरेका थिए ।
अभिषेक र ऐश्वर्याको विवाह अमिताभ बच्चनको ‘प्रतिक्षा’ बंगलामा भएको थियो । विवाहको बिचमा जान्हवी कपुर नामकी मोडलले अभिषेकले केही साथीहरुको अगाडि उनीसँग विवाह गरेको र उनी उनको पति भएको बताएकी थिइन् ।
जान्हवीले ऐश्वर्यामाथि श्रीमान् चोरेको आरोप लगाएकी थिइन् । उनले अभिषेकसँग विवाह नभए नशा काटेर आत्महत्या गर्ने पनि बताएकी थिइन् तर पछि यो सबै पब्लिसिटी स्टन्ट मात्र भएको खुलासा भयो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया