NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मेक्सिकन क्लब अमेरिकासँग रोकियो रियल म्याड्रिड

काठमाडौं । च्याम्पियन्स लिग विजेता स्पेनिस रियल म्याड्रिड मेक्सिकन क्लबसँग रोकिएको छ । क्लबको मैत्रीपूर्ण फुटबल खेलमा रियल मेक्सिकोको क्लब अमेरिकासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

पाँचौ मिनेमा क्लब अमेरिकाले खेलमा अग्रता लिएको थियो । हेनरी मार्टिनले रियलविरुद्ध अग्रता बनाएका थिए । तर २२ औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले बराबरी गोल गरे ।

५५ औं मिनेटमा इडेन हजार्डले पेनाल्टीमा गोल गर्दै खेल २–१ ल्याए । तर ८२ औं मिनेटमा क्लब अमेरिकाले पेनाल्टी पायो । अल्भारो फिडाल्गोले गोल गर्दा खेल २–२ को बराबरीमा रोकियो ।

रियललाई केही दिन बार्सिलोनाले १–० गोल अन्तरले पराजित गरेको थियो

ताजा अपडेट

नेपालवाच विशेष