मेक्सिकन क्लब अमेरिकासँग रोकियो रियल म्याड्रिड
काठमाडौं । च्याम्पियन्स लिग विजेता स्पेनिस रियल म्याड्रिड मेक्सिकन क्लबसँग रोकिएको छ । क्लबको मैत्रीपूर्ण फुटबल खेलमा रियल मेक्सिकोको क्लब अमेरिकासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
पाँचौ मिनेमा क्लब अमेरिकाले खेलमा अग्रता लिएको थियो । हेनरी मार्टिनले रियलविरुद्ध अग्रता बनाएका थिए । तर २२ औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले बराबरी गोल गरे ।
५५ औं मिनेटमा इडेन हजार्डले पेनाल्टीमा गोल गर्दै खेल २–१ ल्याए । तर ८२ औं मिनेटमा क्लब अमेरिकाले पेनाल्टी पायो । अल्भारो फिडाल्गोले गोल गर्दा खेल २–२ को बराबरीमा रोकियो ।
रियललाई केही दिन बार्सिलोनाले १–० गोल अन्तरले पराजित गरेको थियो
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया