ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा तीन जना घाइते
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालनजिकै ट्याक्सीमाथि बस पल्टिँदा ट्याक्सी चालक घाइते भएका छन् ।
बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका हुन् ।
बसमा यात्रु थिएनन् । माछा बोकेको गाडीलाई ठक्कर दिएपछि पल्टेको बससँगै मोटरसाइकल पनि दुर्घटनामा परेको थियो । माेटरसाइकल चालक पनि घाइते भएका छन् । घाइतेहरूकाे बिएन्डबी अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रहरीले बस चालक ५० वर्षीय नकलबहादुर महर्जनलाई नियन्त्रणमा लिएकाे छ । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया