थप ५६४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित देखिएका हुन् ।
मंगलबार ६३८ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै बुधबार एक जना संक्रमितको मृत्यु भएको छ । मंगलबार यसको संख्या दुई थियो । यो साता ६ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या हालसम्म ११ हजार ९६० पुगेको छ ।
यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ पुगेको छ । मन्त्रालयले जारी गरेको विवरणअनुसार गएको १ दिनको अवधिमा ३ हजार ९२९ जना सक्रिय संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
प्रतिक्रिया