थप ५६४ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित देखिएका हुन् ।
मंगलबार ६३८ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै बुधबार एक जना संक्रमितको मृत्यु भएको छ । मंगलबार यसको संख्या दुई थियो । यो साता ६ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या हालसम्म ११ हजार ९६० पुगेको छ ।
यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ पुगेको छ । मन्त्रालयले जारी गरेको विवरणअनुसार गएको १ दिनको अवधिमा ३ हजार ९२९ जना सक्रिय संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया