नौ छोराछोरी, आठ प्रहरी
काठमाडौं । दसैं होस् वा अन्य चाडबाड र पारिवारिक भेला, जुम्ला कनकासुन्दरी–१ का भक्तबहादुर कठायतको घर प्रहरी चौकीजस्तो देखिन्छ । स्थानीयले पनि प्रहरीको परिवार भनेर चिन्छन् । किनकि, भक्तका ९ सन्तानमध्ये कान्छी छोरीबाहेक ४ छोरा र ४ छोरी प्रहरीमा जागिरे छन् । तीमध्ये तीन जना हवल्दार हुन् भने अरू जवान । एक छोरा शेरसिंह सशस्त्रमा छन् भने अन्य नेपाल प्रहरीमा ।
अनौठो के भने छोराछोरी प्रहरीमा जागिरे भए पनि भक्तबहादुर एक समय माओवादीमा लागेका थिए । पार्टीले उनलाई नाम दिएको थियो– भियतनामी । माओवादी जिल्ला कमिटी सदस्य हुँदै जनसरकारमा समेत काम गरेका उनी पछिल्ला दिनमा सञ्चार विभागमा थिए । ६ वर्ष भूमिगत जीवन बिताएका उनले आधा दर्जनपटक प्रहरीसँग मुठभेडको सामना गरे । त्यतिबेला उनी पार्टीको नीतिअनुसार प्रहरीलाई दुस्मन ठान्थे । तर समयक्रममा यस्तो भयो कि उनका सबैजसो छोराछोरी नै प्रहरी भए । शान्ति प्रक्रियामा आइसकेपछि एक वर्षसम्म पातारासी क्षेत्रमा पार्टी इन्चार्ज भएर काम गरे पनि अहिले उनी सक्रिय राजनीतिमा छैनन् ।
२०६१ मा जेठी छोरी प्रेमकलीले प्रहरीमा नाम निकालेपछि अरू छोराछोरीले पनि त्यही बाटो समाते । कान्छी छोरी रेश्मालाई पनि प्रहरीमा जागिर खुवाउने भक्तबहादुरको रहर थियो । तर सानैमा बिहे गरेकीले उनलाई प्रहरीमा भर्ती हुन मेसो जुरेन ।
प्रेमकलीपछि असल, हंसराज, कल्पना, वसन्ती, प्रतापसिंह, पविता र शेरसिंहले प्रहरीमा जागिर सुरु गरे । धेरै सन्तान जन्मिएकाले भक्तबहादुरले सबैलाई राम्ररी पढाउन सकेनन् ।
जीवनमा सुख पाउन धेरै दुःख गरेको कहानी बताउने भक्तबहादुर हिजोआज भने प्रसन्न देखिन्छन्, कान्तिपुरमा खबर छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया