प्रहरीद्वारा ट्रिपर चालकको लागुऔषध सेवन चेकजाँच अभियान सुरु

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मिति ९ गतेबाट सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टिएचसि किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत बुधबार राति उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल ,बनेपाको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकलाई चेकजाँच गरेको थियो । उक्त जाँचका लागी आवश्यक प्रविधिक टोली र टिएचसि किट जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपाले उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अझै उक्त चेकजाँच कार्यलाई उपत्यका भर वृहतरुपमा संञ्चालन गरिने जानकारी दिएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया