प्रहरीद्वारा ट्रिपर चालकको लागुऔषध सेवन चेकजाँच अभियान सुरु
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मिति ९ गतेबाट सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टिएचसि किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत बुधबार राति उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल ,बनेपाको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकलाई चेकजाँच गरेको थियो । उक्त जाँचका लागी आवश्यक प्रविधिक टोली र टिएचसि किट जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपाले उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अझै उक्त चेकजाँच कार्यलाई उपत्यका भर वृहतरुपमा संञ्चालन गरिने जानकारी दिएका छन् ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया