कर्मचारी सरुवालाई लिएर बारामा तनाव, ५ प्रहरीसहित ९ घाइते
काठमाडौं । कर्मचारी सरुवाको विषयमा राजनीतिक दलबीच विवाद उत्पन्न हुँदा बारामा झडप भएको छ ।
बाराको सिम्रौनगढ नगरपालिकामा शिक्षा र स्वास्थ्य शाखा प्रमुख हटाएको विषयमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच शुक्रबार बिहान झडप भएको हो । झडपमा नौ जना घाइते भएका छन् ।
नगरपालिकाका प्रमुख किशोरी साह कलवारले केही दिनअघि शिक्षा र स्वास्थ्य शाखा प्रमुखलगायत कर्मचारी एकल निर्णय गर्दै परिवर्तन गरिदिएका थिए ।
नगरपालिकाका उपप्रमुख नजमु शेहरका श्रीमान शेख मोतिम र वडा नं. ४ का अध्यक्ष अवधेश सहनीबीच यही विषयमा विवाद हुँदा झडपको स्थिति उत्पन्न भएको र अवस्था नियन्त्रणमा लिन १५ सेल अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
झडपमा कांग्रेस र लोसपाका ५ तथा प्रहरीका पाँच जना घाइते भएका छन् । प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक भवमोचन झा, प्रहरी वरिष्ठ हवल्दार प्रमोद साह, प्रहरी हवल्दार मदन साह तेली, रमेश राय यादव र उमेश यादव घाइते भएका हुन् । घाइतेमध्ये दुईको वीरगञ्ज र बाँकीलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया