खेल मिलेमतो प्रकरणमा मुछिएका सन्दीप खेलकुद बोर्डको सदस्य नियुक्त
काठमाडौं । खेल मिलेमतो (म्याच फिक्सिङ) प्रकरणमा मुछिएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।
उनी प्रदेश नम्बर १ को खेलकुद बोर्डको सदस्यमा नियुक्त भएका हुन् ।
सन्दीपसँगै मोरङका पूर्वफुटबलर प्रदीपकुमार भगतलाई समेत सदस्य नियुक्त गरिएको छ ।
उनीहरूलाइए बोर्डका अध्यक्ष सामाजिक विकासमन्त्री राजन राईले सदस्यमा नियुक्त गरेका हुन् ।
सन्दीप खेल मिलेमतोको आरोपमा फुटबलमा आजीवन प्रतिबन्धमा छन् ।
एसियाली फुटबल महासंघ (एएफसी)ले सन्दीपसँगै पूर्वकप्तान सागर थापा, गोलरक्षक रितेश थापा, पूर्वरक्षक विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई प्रतिबन्ध गरेको थियो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया