NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २६ गते

हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै मिश्रले भने, ‘यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु’

काठमाडौं । विकेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वनवयुवराज हृदयेन्द्र शाहलाई आफूले राजाको रुपमा देख्न चाहेको बताएका छन् ।

शाहको २१ औँ जन्मदिनको शुभकामना व्यक्त गर्दै उनले बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने भएकाले त्यसलाई बचाउन भए पनि नाम मात्रको भए पनि राजसंस्थाको आवश्यकता भएको बताएका छन् ।

बेल्जियमको उदाहरण दिँदै मिश्रले संसद्ले बाँधेको खोपीको राजतन्त्र भए पनि आवश्यक रहेको स्पष्ट पारेका छन् ।

May be an image of 1 person

‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ । त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ’खोपामा भए पनि’ राजसंस्था राखौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !’

यस्तो छ मिश्रको स्टाटस :

२१औँ जन्मदिनमा सुस्वास्थ्य, दीर्घायु, देशभक्ति, असल चरित्र र भावी गद्दी–आसनको हार्दिक मंगलमय शुभकामना !

२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ । त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर’ खोपामा भए पनि’ राजसंस्था राखौँ।

म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !

संसदले बाँधेको भनेको कस्तो ?

एउटा सानो उदाहरणः सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतनसम्बन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन् । त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो । र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गरायो । त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु ।