खेर गयो साढे १७ करोड मूल्यको २ लाख डोज कोरोनाविरुद्धको खोप

पछिल्ला दिन निरन्तर बढिरहेको कोरोना संक्रमणले चौथो लहरको जोखिम बढाएको छ । तर सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन नसक्दा यही बेला साढे १७ करोड मूल्य पर्ने दुई लाख डोज खेर गएको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार, शनिबार दुई लाख डोज कोभिसिल्डको म्याद सकिएको छ । १७ करोड ६४ लाख मूल्यको खोप खेर गएको विभागले जनाएको छ । महाशाखा निर्देशक डा. रुद्र मरासिनीले खेर गएको खोपको मात्रा दुई लाखभन्दा बढी नै पनि हुनसक्ने बताए ।
त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंमा १० हजार डोज र बागमती प्रदेशमा ८५ हजार एक सय २० डोज कोभिसिल्डको म्याद सकिएको छ । प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकु कोल्ड चेन स्टोरमा १९ हजार ४८० र गण्डकी प्रदेशमा दुई हजार पाँच सय ७० डोज मौज्दात रहेकोमा सबैको म्याद शनिबारदेखि सकिएको छ । स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत बडेबाबु थापाले खोप कति बाँकी छ र कतिको म्याद सकियो भनेर अन्तिम विवरण संकलनको काम भइरहेको बताए ।
म्याद सकिएर खेर गएको खोप विभिन्न समयमा दातृराष्ट्रबाट अनुदानमा प्राप्त भएको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
प्रतिक्रिया