साफ यु–१७ फुटबल : समूह चरणमै नेपालको भेट भारतसँग
काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप फुटबलको समूह चरणमै नेपालको भेट चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग हुने भएको छ ।
सेप्टेम्बर ५ देखि श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगिताको हालै भएको समूह विभाजनमा नेपाल भारतसँग परेको हो ।
नेपाल परेका समूह ’बी’ मा भारतसँगै तुलनात्मक सहज प्रतिद्धन्द्धी भुटान पनि परेको छ ।
यस्तै समूह ’ए’ मा आयोजक श्रीलंकासँगै माल्दिभ्स र बंगलादेश रहेका छन् ।
यु–१७ साफ हुन एक महिनाभन्दा बढी समय छ । यद्यपि, नेपालले खेलाडी छनोट गरिरहेको छ ।
उर्जन श्रेष्ठ यु–१७ राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक छन् ।
महिला साफ च्याम्पियनसिप : समूह चरणमा को–को छन् नेपालका प्रतिद्धन्द्धी ?
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया