कसले कतिपटक जितेको छ कम्युनिटी शिल्डको उपाधि ? (सूचीसहित)
काठमाडौं । लिभरपुल एफए कम्युनिटी शिल्ड फुटबलको नयाँ विजेता बनेको छ ।
शनिबार राति फाइनलमा प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।
किङ्स पावर स्टेडियममा भएको खेलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक–एक गोल गरे ।
सिटीका लागि अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए ।
कम्युनिटी शिल्ड प्रिमियर लिग विजेता र एफए कप विजेताले खेल्ने प्रि–सिजनको प्रतियोगिता हो । सिटी प्रिमियर लिग र लिभरपुल एफए कप विजेताको हैसियतमा मैदानमा उत्रिएका थिए ।
अघिल्लो संस्करणको विजेता भने लेस्टर सिटी हो ।
हालसम्म २५ टोलीले कम्युनिटी शिल्डको उपाधि जितेका छन् ।
म्यानचेस्टर युनाइटेडले हालसम्म सर्वाधिक २१ पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
यस्तै, आर्सनल र नयाँ विजेता लिभरपुलले समान १६ पटक यसको उपाधि जितेका छन् ।
यसैगरी, इभर्टनले ९, टोटनहम हटस्परले ७, चेल्सी र उल्भले ४–४, लिड्स युनाइटेड, लेस्टर सिटी तथा बर्नलीले २–२ पटक उपाधि जितेका छन् ।
१२ टोलीले २ पटकभन्दा बढी यसको उपाधि उतालेका छन् ।
हेरौं २ भन्दा धेरैपटक जित्ने टोलीको सूची :
यसैगरी १३ टोलीले कम्युनिटी शिल्डको उपाधि एकपटक मात्र जितेका छन् ।
यी हुन् १ पटकमात्र उपाधि जित्ने १३ टोली :
प्रतिक्रिया