बर्दिवासमा आगलागी, करोडको क्षति
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुख्यचोकमै सोमबार आगलागी भएको छ । व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
मोहम्मद फारुकको सो भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा रहको छ । तलको तलामा अन्य व्यापारिक प्रतिष्ठान छन् । यद्यपि आगोले माथिल्लो तलाको जिमखानामा मात्र क्षति पु¥याएको छ ।
अभिषेक झाले सञ्चालन गरेका जिमखानाका सबै सामग्री जलेर खरानी भएका छन् । जिमखाना सञ्चालकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (प्रनाउ) रवि रावलले आगलागीबाट करिब एक करोडको क्षति भएको जानकारी दिए ।
माथिल्लो तलामा धुँवा देखिएपछि वरपरका व्यापारी र बजारु कामले चोक पुगेका सर्वसाधारणले आगो निभाउने प्रयत्न थालेका थिए । लगत्तै प्रहरी र दमकल पनि पुगेपछि एक घण्टाको निरन्तर प्रयत्नले आगो पूरै नियन्त्रण गरिएको प्रनाउ रावलले बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया