रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार छ : बाइडेन

काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् ।
‘मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ। तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,’ बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत भनेका छन् ।
तर यसका लागि आणविक हतियार नियन्त्रणमा रुसले अमेरिकासँग पुनः काम सुरु गर्न तयार रहेको देखाउनुपर्ने उनको भनाइ छ ।
रुस मात्र नभएर चीनले पनि त्यस्तै धारणा राख्नुपर्ने बाइडनले बताए ।
‘चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र पी–५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ। हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन,’ राष्ट्रपति बाइडेनले भने ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया