अर्थमन्त्री शर्मामाथि जाँचबुझ समिति माग गर्दै परेको निवेदनमा सर्वोच्चको दरपीठ
काठमाडाैं । बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशबारे अनुसन्धान गर्न जाँचबुझ समिति गठनको माग गर्दै परेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।
मंगलबार परेकको निवेदन सर्वोच्च अदालतका कामु मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले अस्वीकार गरिदिएका हुन् । पन्थीले जाँचबुझका लागि कस्तो समिति बनाउने भन्नेवारे संसदको विशेष अधिकार हुने उल्लेख गर्दै निवेदन दर्ता गर्न अस्वीकार गरेको जनाइएको छ ।
करको दर हेरफेर सम्बन्धमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश दिएको विषयलाई छानबिन समितिले पुष्टि गर्न नसकेपछि शर्मा नै पुनः अर्थमन्त्रीमा नियुक्त भइसकेका छन् । उनी गत शुक्रबार अर्थमन्त्रीमा पुनः नियुक्त भएका हुन्।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया