नेपाल बाहिरियो, भारत फाइनलमा
काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पाँच टोलीको राउण्ड रोबिन लिगमा तेस्रो स्थानमा रहँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाएका छन् । जसमा बंगलादेश र आयोजक भारत रहेका छन् ।
मंगलबार राति भएको निर्णायक खेलमा भारतले माल्दिभ्सलाई १–० ले हराउँदै भारत फाइनलमा पुगेको हो ।
शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको बंगलादेशले १० अंक जोड्दा दोस्रो स्थानको भारतले नौ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको नेपालले सात अंक जाडेको छ ।

बंगलादेश र भारतबीचको फाइनल खेल शुक्रबार हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया