सत्ता गठबन्धनबीच सहमति : मंसिर ४ मा चुनाव
काठमाडौं । आगामी मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएको एक नेताले बताए ।
उनका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।
यसअघि निर्वाचन आयोगले मंसिर २ मा चुनाव गर्न परामर्श दिएको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा ४ मा गर्ने तयारीमा लागेका छन् ।
यसैले उनले बुधबारको बैठकमा सत्ता गठबन्धनका अन्य शीर्ष नेतालाई यही मितिका लागि मनाएको बताइएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया