सत्ता गठबन्धनबीच सहमति : मंसिर ४ मा चुनाव

काठमाडौं । आगामी मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएको एक नेताले बताए ।
उनका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।
यसअघि निर्वाचन आयोगले मंसिर २ मा चुनाव गर्न परामर्श दिएको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा ४ मा गर्ने तयारीमा लागेका छन् ।
यसैले उनले बुधबारको बैठकमा सत्ता गठबन्धनका अन्य शीर्ष नेतालाई यही मितिका लागि मनाएको बताइएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया