बस्तीमा सप्तकोशी पसेपछि… (फोटो फिचर)
काठमाडौं । उदयपुरको बेलका नगरपालिकाका केही वडामा सप्तकोशी नदीले कटान गरेको छ ।

पालिकाका वडा नम्बर १, २, ८ र ९ मा नदीले कटान गरेको हो ।

सप्तकोशीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।

कोशीको बाँध फुटेकोभन्दा पनि पानीको बहाव बढेर भंगालो पसेको बेलका नगरपालिकाकी उपमेयर जिरा राईले नेपालवाचलाई बताइन् ।

‘हामीले त्यहाँका मानव वस्तीहरूलाई हिजो अस्तिको दिनदेखि नै अनुरोध गरेर सुरक्षित स्थानमा सारिसकेका छौं,’ उनले भनिन् ।

यसैबीच, सो क्षेत्रका सांसदसमेत रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का पनि कटान निरीक्षणमा गएका छन् ।




सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया