इन्धनको मूल्य नघटाएकोबारे निगमले दियो प्रष्टीकरण (विज्ञप्तिसहित)
काठमाडौं । पेट्रोलियम पदार्थ (इन्धन)को मूल्य नघटाएकोबारे नेपाल आयल निगमले निगमले प्रष्टीकरण दिएको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउन दबाब बढेसँगै बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले स्पष्टीकरण दिएको हो ।
आइओसीबाट इन्धनको मूल्य घटेर आएपनि अझै घाटामा रहेकाले नेपालमा मूल्य घटाउन नसकिने निगमले जनाएको छ ।
नेपाललाई इन्धनमा हाल मासिक १ अर्ब २७ करोड घाटा रहेको जनाउँदै निगमले मूल्य घटाउन सक्ने स्थिति नरहेको स्पष्ट पारेको हो ।
बाध्यात्मक रुपमा मूल्य यथावत राख्नुपर्ने अवस्था रहेकाले यो बुझिदिन निगमले अनुरोध गरेको छ ।
यस्तो छ निगमको विज्ञप्ति :

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया