भारतलाई प्रतियुनिट १९ रुपैयाँमा बिजुली बेचिरहेका छौं : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतलाई १९ रुपैयाँ प्रतियुनिटसम्म बिजुली बेचिरहेको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपालवाच डटकमको प्रस्तुति पोलिसी डाइलगमा यस्तो बताएका हुन् ।
घिसिङले भारतसँगको उर्जा आदानप्रदानले नेपाललाई फाइदा भइरहेको बताएका छन् । भारतसँग बिजुली बेच्न थालेयता १९ रुपैयाँ १९ पैसासम्म प्रतियुनिट बेचिएको उनले बताए ।
‘भारतलाई बिजुली बेच्न थालेको डेढ महिना बढी भयो । रातिको समयमा हामीलाई करिब–करिब धैरैजसो १२ रुपैयाँ आइसी (१९ रुपैयाँ १९ पैसा) नै प्रतियुनिट आउँछ’ उनले भने, ‘दिउँसो कम हुन्छ ।
एभरेजमा ५ रुपैयाँ, ६ रुपैयाँ हुन्छ । समय र दिन हेरेर पनि मूल्य फरक हुन्छ ।’चार रुपैयाँमा किनेको विद्युत भारतलाई १९ रुपैयाँसम्म बेच्नु सकारात्मक भएको उनले बताए ।
नेपालको बिजुली उत्पादित क्षमता २२ सय मेगावाट पुगेको भन्दै उनले पिक आवरमा १८ सय मेगावाट खपतको माग भएको बताए । ‘अहिले हाम्रो कुल उत्पादितजडित क्षमता करिब २२ सय मेगावाट पुगेको छ’ उनले भने, ‘हाम्रो पिक आवरमा उर्जा खपतको समयमा माग १८ सय मेगावाट हाराहारी छ ।’
नेपालको बिजुली खपत गरेर रातको समयमा चार समय मेगावाटसम्म भारतलाई बेच्न सकिने पनि उनले बताएका छन् ।
‘दिनको हरेक घण्टामा फरक माग भएन भने फरकफरक क्वान्टममा हामी विद्युत भारतमा निर्यात गर्छौ । करिब करिब राति ४ सय मेगावाटसम्म पठाउन सक्छौं ।’ उनले भनेका छन् ।
नेपालमा उर्जा खपतको माग बढिरहेको भन्दै उनले हाइड्रोपावर, ट्रान्समिसन लाइन र सबस्टेसन छिटो बनाउने विषय प्राधिकरणको सबैभन्दा बढी चासोको विषय भएको उनले बताए ।
थप कुराकानी भिडियाेमा हेर्नुहाेस् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया