NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भारतलाई प्रतियुनिट १९ रुपैयाँमा बिजुली बेचिरहेका छौं : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतलाई १९ रुपैयाँ प्रतियुनिटसम्म बिजुली बेचिरहेको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपालवाच डटकमको प्रस्तुति पोलिसी डाइलगमा यस्तो बताएका हुन् ।

घिसिङले भारतसँगको उर्जा आदानप्रदानले नेपाललाई फाइदा भइरहेको बताएका छन् । भारतसँग बिजुली बेच्न थालेयता १९ रुपैयाँ १९ पैसासम्म प्रतियुनिट बेचिएको उनले बताए ।

‘भारतलाई बिजुली बेच्न थालेको डेढ महिना बढी भयो । रातिको समयमा हामीलाई करिब–करिब धैरैजसो १२ रुपैयाँ आइसी (१९ रुपैयाँ १९ पैसा) नै प्रतियुनिट आउँछ’ उनले भने, ‘दिउँसो कम हुन्छ ।

एभरेजमा ५ रुपैयाँ, ६ रुपैयाँ हुन्छ । समय र दिन हेरेर पनि मूल्य फरक हुन्छ ।’चार रुपैयाँमा किनेको विद्युत भारतलाई १९ रुपैयाँसम्म बेच्नु सकारात्मक भएको उनले बताए ।

नेपालको बिजुली उत्पादित क्षमता २२ सय मेगावाट पुगेको भन्दै उनले पिक आवरमा १८ सय मेगावाट खपतको माग भएको बताए । ‘अहिले हाम्रो कुल उत्पादितजडित क्षमता करिब २२ सय मेगावाट पुगेको छ’ उनले भने, ‘हाम्रो पिक आवरमा उर्जा खपतको समयमा माग १८ सय मेगावाट हाराहारी छ ।’

नेपालको बिजुली खपत गरेर रातको समयमा चार समय मेगावाटसम्म भारतलाई बेच्न सकिने पनि उनले बताएका छन् ।

‘दिनको हरेक घण्टामा फरक माग भएन भने फरकफरक क्वान्टममा हामी विद्युत भारतमा निर्यात गर्छौ । करिब करिब राति ४ सय मेगावाटसम्म पठाउन सक्छौं ।’ उनले भनेका छन् ।

नेपालमा उर्जा खपतको माग बढिरहेको भन्दै उनले हाइड्रोपावर, ट्रान्समिसन लाइन र सबस्टेसन छिटो बनाउने विषय प्राधिकरणको सबैभन्दा बढी चासोको विषय भएको उनले बताए ।

थप कुराकानी भिडियाेमा हेर्नुहाेस् ।