नेपालीका लागि शून्य लागतमा जापान रोजगारी खुल्यो, को–को जान पाउँछन् ?
काठमाडौं । नेपालले शून्य लागतमा जापानमा रोजगारी सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षण उत्तीर्ण गरेमध्ये ८५० जनालाई जापान पठाउने तयारी गरेको छ ।
२०१९ मार्चमा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । जापानले १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने सहमति गरेको थियो । तर श्रम समझदारीका केही विषय अस्पष्ट भएपछि यो प्रक्रिया रोकिएको छ ।
यसै विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजकत्वको समिति बनाएको थियो ।
समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानून मन्त्रालयका हिमालचन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य छन् ।
जापान रोजगारी प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । गत सातासम्ममा ५ हजार ३२० जनाले जापानिज भाषा र सीप परीक्षण पास गरेको मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बताए ।
उनका अनुसार सम्झौताअनुसार परीक्षा पास भएका सबै जापान रोजगारीका लागि योग्य हुन् । केयर गिभरमा १ हजार ८०० जनाले परीक्षा पास गरेको मन्त्रालयले जनाएको छ ।
जापानी विशिष्टीकृत दक्ष मोडल (एसएसडब्लू) बाट नेपाली कामदार लैजाने छ । कामदार छनोट प्रक्रियाका लागि नेपालमा जापानका लागि जापान फाउण्डेसनले काम गर्नेछन् । फाउण्डेसन जापानको अर्धसरकारी संस्था हो । कम्प्युटर परीक्षाको जिम्मेवारी भने जापानिज कम्पनी प्रोमोटिकले पाएको छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया