मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ मा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
२०७४ सालमा दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।
बुधबार सत्तारुढ दल मंसिर ४ मा निर्वाचन गर्न सहमति भएपछि सरकारले मिति तोकेको हो ।
अब एकै चरणमा प्रतिनिधिसभाका १६५ क्षेत्र र प्रदेशसभाका ३३० क्षेत्रमा चुनाव हुनेछ ।
यस अघि निर्वाचन आयोगले पनि मंसिर २ वा ४ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।
स्थानीय तहको निर्वाचन वैशाख ३० मा गराएको सरकारले ६ महिनालगत्तै अर्को महत्वपूर्ण निर्वाचन गर्न लागेको हो ।
निर्वाचन तयारीको लागि सामान्यतया १२० दिनको समयवधि आवश्यक पर्नेमा सरकारले १०७ दिनको समय राखेर मिति घोषणा गरेको हो ।
२०७४ सालको निर्वाचनमा एमाले प्रत्यक्षमा ८० र समानुपातिकका ४१ सिट जितेर आफूलाई सबैभन्दा ठूलो दल बनाएको थियो ।
माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा सिट जितेको थियो ।
कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो ।
एमाले र माओवादी मिलेर चुनाव लड्दा कांग्रेसका शीर्ष नेताहरू पराजित भएका थिए ।
यसपटक कांग्रेस, माओवादी, नेकपा एस, जसपासहितकाे सत्ता गठबन्धनबीच तालमेल हुने सम्भावना बढी छ ।
यस्ताेमा एमालेलाई कठिन हुने देखिएकाे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया