पेलोसीको भ्रमणले रिसाएको चीनले गर्यो ताइवाननजिकै दुई मिसाइल प्रक्षेपण
काठमाडौं । विवादास्पद भ्रमणपछि अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानबाट आफ्नो देश फर्किएकी छिन् । गत मंगलबार ताइवान गएकी उनी बिहीबार स्वदेश फर्किएकी हुन् ।
पेलोसी २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ हुन् । उनले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।
अमेरिकाले यसलाई बृहत् एसियाली भ्रमणको अंश ठानेको छ । यता, चीनले भने ताइवानको भ्रमण नगर्न चेतावनी दिएको थियो । तर, यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पेलोसीले बेवास्ता गरेपछि यतिबेला चीन रिसाएको छ ।
ताइवान एउटा स्वशासित टापु भएपनि यसमाथि चीनले दाबी गर्दै आएको छ ।

यसर्थ, पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै रिसाएको चीनले ताइवानको सीमाना वरपर सैन्य अभियान सुरु गरेको छ ।
त्यतिमात्र होइन ताइवाननजिक सैन्य अभ्यास थालेको चीनले दुईवटा मिसाइलसमेत प्रक्षेपण गरेको छ ।
यसअघि घोषणा गरेको ड्रिल जोनबाट चीनले दुई चिनियाँ मिसाइल प्रक्षेपण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्छ । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गमा समेत हुने गरेको छ ।
राजदूत यान्छीले भनिन्, ‘ताइवान मामिलामा नेपालले चीनको पक्ष लिनेमा विश्वस्त छु’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया