उत्तरपुस्तिकामा फोन नम्बर लेखी कल गर्न आग्रह गरेपछि लोकसेवाको परीक्षा रद्द
काठमाडौं । कर्णाली प्रदेशले गत साउन ७ गते लिएको लोकसेवा आयोगको चौथो सेवाअन्तर्गत अहेब पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी एक परीक्षार्थीले उत्तरपुस्तिकामा फोन नम्बर लेखी कल गर्नु भनेपछि प्रदेश लोकसेवा आयोगले परीक्षा रद्द गरिदिएको छ ।
परीक्षामा सहभागी परीक्षार्थी सल्यान सिद्धकुमाख–२ का नवीन रेउले रहेका छन् । उनले परीक्षाको उत्तरपुस्तिकाको उत्तरखण्डमा आफ्नो नम्बर लेखी कल गर्न अनुरोध गरेका थिए ।
प्रदेश लोकसेवा आयोगले उनको परीक्षा रद्द गरी आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी विज्ञापनमा उम्मेदवारी दिन नपाउने गरी रोक लगाएको छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया