ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब : बल्ल बोल्यो नेपाल
काठमाडौं । अमेरिकी राष्ट्रपति न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि विश्वका दुई शक्तिराष्ट्र अमेरिका र चीनबीच तनाब चुलिएको छ । गत मंगलबार ताइवान गएकी पेलोसी छोटो भ्रमण सकेर बिहीबार नै स्वदेश फर्किसकेकी छिन् । तर, अमेरिका र चीनबीचको तनाब भने चुलिँदै गएको छ ।
यसैबीच, दुई देशको तनाब बढिरहँदा नेपालले पनि प्रतिक्रिया दिएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलन गर्दै यसबारेमा आफ्नो धारणा राखेको हो ।
ताइवान तनावका विषयमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल सधैं अन्तर्राष्ट्रिय शान्तिका पक्षमा रहेको बताएकी छिन् । उनले नेपाल जहिल्यै एक चीन नीतिको पक्षमा रहेको उनले स्पष्ट पारेकी छिन् ।
‘नेपाल र चीन दुवै देश एक–अर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता पक्षमा छौं । नेपाल सधैं अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको छ,’ उनले भनिन् ।
यसैबीच, शुक्रबार नै गृहमन्त्री वालकृष्ण खाँडले चिनियाँ राजदूत होऊ यान्छीलाई भेट गरेर नेपाल एक चीन नीतिकोे पक्षमा रहेको स्पष्ट पारेका थिए ।
चीनलाई अमेरिकाको प्रश्न, ‘पेलोसीले ताइवान भ्रमण गर्दा उत्तेजित हुनुपर्ने कारण के ?
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया