बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध
सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ ।
ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् ।
बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् ।
यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्याएको छ । गएराति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पुर्याएको क्षतिका बारेमा यकिन हुन नसकेको बताए ।
‘निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ,’ उनले भने । हेलम्बु–५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ । गएराति पहिराले भोटेचौर–काउले सडकसमेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया