अब सहकारीहरूको पनि एटिएम कार्ड
काठमाडौं । अबदेखि सहकारीहरूले पनि आफ्ना बचतकर्ता तथा सदस्यलाई एटिएम कार्ड दिने भएका छन् । राष्ट्रिय सहकारी बैंकको २० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत सहकारीहरूको कार्ड सेवा थालनी भएको छ ।
स्मार्ट च्यावइस टेक्नोलोजिज (एससिटी), राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा कार्ड सेवाको सुरुवात भएको हो ।
ग्लोबल आइएमई बैंकमार्फत युनियन पे कार्ड जारी भई राष्ट्रिय सहकारी बैकमार्फत सहकारीहरूले प्रदान गर्नेछन् । यसमा पिएसओका रूपमा एससिटीले जिम्मेवारी लिएको छ । यसरी प्रदान हुने कार्ड अन्तर्राष्ट्रियस्तरको चिपयुक्त हुने र कन्ट्याक्टलेस प्रविधिमा आधारित रहेको एससिटीले जनाएको छ । यो कार्ड नेपाल तथा भारतका एटिएम तथा पोस मेसिनमा प्रयोग गर्न सकिनेछ, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया