बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री नीतिशले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सत्ताको प्रमुख घटक भारतीय जनता पार्टी (भाजपा)सँग मतभेद बढेपछि गठबन्धनमा सहभागी जनता दल युनाइटेडले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो ।
उक्त बैठकले एनडिए गठबन्धन छाड्ने निर्णय गरेपछि उक्त निर्णयलाई आत्मसाथ गर्दै नीतिशले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया