पूर्वराष्ट्रपति यादवको घरबहाल नवीकरण गर्न गृहलाई पत्राचार
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडा नवीकरणका लागि गृह मन्त्रालयमा पत्राचार भएको छ । सम्झौताको करार अवधि सकिएसँगै उनी बहाल रहँदै आएको घरको सम्झौता मिति नवीकरण गरिदिनुपर्यो भन्दै घरधनी रविभक्त विष्टले मन्त्रालयमा पत्राचार गरेका हुन् ।
उक्त सम्झौता गत ३२ असारमै सकिइसकेको थियो । घरधनी विष्टले घरको करारअवधि सकिएको र साउन १ गतेदेखि लागू हुनेगरी सम्झौता नवीकरणसँगै करसहित मासिक बहाल एक लाख ९२ हजार दुई सय रूपैयाँ भुक्तानी गर्न गुहारेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएकाले सकिएको पुरानो सम्झौता नवीकरण गर्नुपर्ने भएको हो । एकपटक पुनः नवीकरण भएपछि मन्त्रालयबाट मासिक रूपमा घरधनीको बैंक खातामा रकम पठाइने गरेको उनले जानकारी दिए ।
पूर्वराष्ट्रपति यादव ललितपुर महानगरपालिका वडा नं ३ बागडोलस्थित विष्टको घरमा २०७२ कात्तिक १२ गतेदेखि बस्दै आएका छन् ।
यसअघि सरकारले घरभाडा भुक्तानी नदिएपछि घरमालिक विष्टले पूर्वराष्ट्रपति यादवलाई उक्त घर खाली गर्नका लागि १५ दिने सूचना जारी गरेका थिए । सरकारले पैसा नतिरेको भन्दै विष्टले त्यतिबेला पत्रिकामार्फत नैै सार्वजनिक रूपमा सूचना नै जारी गरेका थिए ।
पूर्वराष्ट्रपतिले पाउने सुविधाबारे २०७३ माघ २० को मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सो निर्णयअनुसार पूर्वराष्ट्रपतिको आफ्नो घर भएमा मासिक एक लाख रूपैयाँ उपलब्ध गराउने र नभएको खण्डमा मासिक दुई लाख रूपैयाँ सरकारले व्यहोर्ने निर्णय भएको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया