नक्कली प्रमाणपत्र बनाएको आरोपमा सव-इन्जिनियर यादवविरुद्ध मुद्दा दायर

काठमाडाैं । ओखलढुंगा जिल्लाअन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन न.२ मा कार्यरत सव-इन्जिनियर रामबाबु यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।
अख्तियारले उनीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायरा गरेको हो । अख्तियार अनुसार उनको योग्यताको प्रमाणपत्र नक्कली ठहरिएको कारण आरोप पत्र दायर गरेको जनाएको छ ।
सव-इन्जिनियर यादवविरुद्ध नक्कली प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको आधारमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्दा सो कागपत्र नक्कली प्रमाणित भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियारका अनुसार उनको धरानस्थित सुनसरी टेक्नोलोजी कलेजबाट उत्तीण भएको सिभिल इन्जिनियरिङको प्रमाणपत्र, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स नक्कली पाइएको छ ।
सव-इन्जिनियर यादवविरुद्ध भ्रष्टाचर निवारण ऐन बमोजिम कैद तथा जरिवाना हुन मागदावी लिई आरोप पत्र दायरा गरेको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया