८६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ८६८ जनामा कोरोना पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । मंगलबार १ हजार ९० जनामा कोरोना संक्रमित थपिएका थिए । त्यस्तै, गत २४ घण्टामा ४ सय १४ जना संक्रमित निको भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको ९ लाख ७४ हजार १ सय १९ संख्या रहेको छ ।
अहिले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले मन्त्रालयले मास्क तथा भौतिक दुरी कायम गर्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया