सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्तासाझेदार दलले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । साउन २३ गते कार्यदल संयोजक तोक्नमा सीमित बैठक दोस्रोपटक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजेका लागि तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
आजको बैठकमा सिट बाँडफाँटको आधार र मापदण्डबारे छलफल गर्ने तयारी छ ।
सत्तासाझेदार दलबीच आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर सहभागी हुने सैद्धान्तिक सहमति भइसके पनि सिटबाँडफाँटको आधार र मापदण्डबारे टुंगो लाग्न बाँकी छ ।
कार्यदलले यी विषयमा सहमति जुटाएपछि त्यसलाई शीर्ष तहमा छलफल गरेर कार्यान्वयनमा लैजाने तयारी छ ।
ताजा अपडेट
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
प्रतिक्रिया