विश्वविजेता फ्रान्सका स्ट्राइकर बेन्जेमाले आफ्नै देशलाई प्रमुख दाबेदार मानेनन्, छाने अर्कै देश

काठमाडौं । कतारमा २२ औँ संस्करणको विश्वकप फुटबल आउन तीन महिना बाँकी छँदा यसबारे विभिन्न भविश्यवाणी भइरहेका छन् । पूर्वखेलाडीसँगै योपटक विश्वकपको मैदानमा उत्रन तयार रहेका खेलाडीले पनि दाबेदारबारे आ–आफ्ना धारणा राखिरहेका छन् ।
यसैबीच, विश्वविजेता टोली फ्रान्सका स्ट्राइकर करिम बन्जेमाले पनि हालै विश्वकप दाबेदार टोली छानेका छन् । उनले साविक विजेता आफ्नै टोली फ्रान्सलाई नछानिकन लियोनल मेसीको अर्जेन्टिनालाई छानेका छन् ।
हालै एउटा अन्तर्वार्तामा बेन्जेमालाई विश्वकपको प्रमुख दाबेदार टोली छान्न अनुरोध गरिएकाे थियाे । त्यसमा उनले अर्जेन्टिनाको नाम लिएका हुन् ।
‘अहिलेको अर्जेन्टिनी टोलीमा लियोनल मेसी र एंगेल डी मारिया छन् । उनीहरूसहितको टोली अहिले रोमाञ्चक लयमा छ । गत वर्ष घरेलु टोली ब्राजिललाई हराउँदै कोपा अमेरिका जितेयता उनीहरू निरन्तर लयमा छन् । साथै, उनीहरूले युरोपियन च्याम्पियन इटालीलाई पनि सजिलै हराए । यसर्थ, उनीहरू नै पहिलो दाबेदार हुन्,’ उनले भने ।
बेन्जेमाले आफ्नो देश फ्रान्स भने पछिल्लो समयमा राम्रो लयमा नरहेकाले पहिलो दाबेदार नरहेको बताए । तर, तीन महिनाभित्रमा सुधार गरेर अघि बढ्ने अवस्था भने रहेको उनको भनाइ थियो ।
अघिल्लो विश्वकपमा अन्तिम १६ मा भेट भएका फ्रान्स र अर्जेन्टिनाको योपटक पनि यही भेट हुने सम्भावना छ ।
फ्रान्स समूह डीमा छ भने अर्जेन्टिना समूह सीमा छ । यदि एक टोली समूह विजेता र अर्को उपविजेता भएमा अन्तिम १६ मा भेट हुने पक्का छ ।
यस्तोमा भने फ्रान्सले अर्जेन्टिनालाई फेरि पनि अन्तिम १६ मै हराउन घर पठाउनसक्ने बेन्जेमाले दाबी गरे ।
अघिल्लोपटक अन्तिम १६ को भेटमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलअन्तरले हराएर घर पठाएको थियो । तर, सो बेला भने बेन्जेमा फ्रेन्च टोलीमा थिएनन् । उनी विश्वकप जित्नबाटै बन्चित भएका थिए ।
रोनाल्डिन्होले छाने विश्वकप जित्ने एकमात्र टोली, आफ्नै देश छाडेर रोजे कट्टर प्रतिद्धन्द्धी
प्रतिक्रिया