अधिकृत बुढा क्षेत्रीविरुद्ध मुद्दा दर्ता

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेको छ ।
गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी रु १४ हजार बैंक खातामा ट्रान्सफर गर्न लगाएको र रु ३० हजार उनको साथबाट बरामद भएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।
क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसूर गरेको भन्दै आयोगले बिगो रु ४४ हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदावी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया