विवेकशील साझाको अध्यक्षमा बाँस्कोटाको नाम प्रस्ताव, पाण्डेको असहमति
काठमाडौं । रवीन्द्र मिश्रले राजीनामा दिएपछि रिक्त रहेको विवेकशील साझा पार्टीको नयाँ अध्यक्षमा समीक्षा बाँस्कोटालाई प्रस्तावित गरिएको छ ।
यस्तै, संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाम प्रस्ताव गरिएको पार्टीका एक नेताले बताए ।
बाँस्कोटा पूर्वअध्यक्ष मिश्रनिकट हुन् । बाँस्कोटा गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी हुन् । तर उनले ६४७ मतमात्र ल्याएकी थिइन् ।
यस्तै, संयोजक भट्टराई भने पार्टीभित्र हालै जन्मिएको नयाँ असन्तुष्ट समूहका हुन् ।
आजै बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
अर्कोतिर कारबाहीमा परेका पूर्वसंयोजक मिलन पाण्डे समूह भने बैठकमा उपस्थिति छैन ।
मिश्र समूह र नयाँ असन्तुष्ट समूहबीच भागबण्डामा सहमति भए पनि पाण्डे भने त्यसमा सहमत नभएको बताइएको छ ।
मिश्रले ‘विचारभन्दा माथि देश’को अवधारणा ल्याएपछि पाण्डे समूह असन्तुष्ट बनेको थियो । त्यसपछि उनीहरू कारबाहीमा परेका थिए ।
स्थानीय चुनावमा सोचेजस्तो परिणाम ल्याउन नसकेपछि मिश्रले सहकार्यको प्रस्ताव गर्दै पाण्डेलाई फोन गरेका थिए । त्यसपछि उनीहरूकाे सम्बन्ध सुधार भएको थियो । यद्यपि, मिश्रको नयाँ सिद्धान्तसँगै नेतृत्व छान्ने प्रक्रियामा पनि पाण्डे पक्षले असन्तुष्टि जनाउँदै आएको बताइएकाे छ ।
काठमाडौंको मेयरमा विवेकशील साझाले किन रोज्यो कांग्रेस नेताकी छोरी ?
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया