फिफाद्वारा भारतीय फुटबल महासंघ निलम्बित
काठमाडौं । फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गरेको छ । राजनीतिक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गरेको हो ।
फुटबल संघ निलम्बनमा परेपछि भारतबाट यु–१७ महिला विश्वकप फुटबल पनि अर्को देशमा सर्ने पक्का भएको छ ।
यतिमात्रै होइन निलम्बनमा परेपछि भारतले महिला साफ च्याम्पियनसीप पनि खेल्न नपाउने भएको छ । यो प्रतियोगिताका अहिलेसम्मका सबै संस्करण भारतले जितेको थियो ।
भारतले पाँचवटा उपाधि जित्दा चारपटक नेपाललाई नै हराएको थियो । तर अब भारत प्रतिबन्धमा परेपछि नेपाललाई उपाधि जित्ने अवसर आएको छ । यो प्रतियोगिता २९ भदौदेखि असोज ३ सम्म काठमडौंमा हुँदैछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया