सिट बाँडफाँटबारे निर्णय लिन प्रचण्डले बोलाए स्थायी समिति बैठक

काठमाडौं । बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच हुने सिट बाँडफाँटबारे छलफल गर्न माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा बाबुराम र वामदेवले राखेको शर्त, सांगठनिक अवस्था, चुनावी रणनीतिबारे छलफल हुने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
‘एउटै निर्वाचन चिन्हबाट चुनाव लड्नेसम्बन्धमा पार्टीले निर्णय गरिसकेकाले आजको बैठकमा त्यस विषयमा छलफल होला, पोखरेलले भने, ‘बाबुराम र वामदेवले राखेको शर्तबारे हामीलाई केही थाहा छैन । त्यस विषयमा नेतृत्वले जानकारी बैठकलाई जानकारी गराउनुहुन्छ होला ।’
मंगलबार बसेको बैठकले दुवै दललाई माओवादीको निर्वाचन चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो । माओवादीको निर्णयण आए लगत्तै भागबण्डाकोबारेमा प्रचण्ड र बाबुरामबीच पेरिसडाँडामा छलफल भएको थियो ।
स्रोतका अनुसार बाबुरामले ५ सिट र वामदेवले २ सिट दावी गरेका छन् । नेसपालाई २ र नेकपा एकता राष्ट्रिय अभियानलाई १ सिट दिन माओवादी तयार भएको छ । सिट बाँडफाँटबारे गठबन्धन दलहरूबीच नै भागबण्डा मिलेको छैन ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया