एलन मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !
एजेन्सी । विश्वका चर्चित धनाढ्य एलन मस्कले फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने संकेत गरेका छन् । बुधबार ट्वीटरमा उनले उक्त क्लब खरिद गर्नेबारे बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘साथै, म म्यानचेस्टर युनाइटेड किन्दै छु । स्वागतम ।’ त्यसअघिको ट्वीटमा उनले आफूले स्पष्ट रूपमा बाँयातर्फ रिपब्लिकन पार्टीलाई र दायाँतर्फ डेमोक्रेटिक पार्टीलाई समर्थन गर्ने बताएका थिए । यसको केहीबेरमै उनले आफूले फुटबल क्लब म्यानचेस्टर युनाइटेड खरिद गर्न लागेको जानकारी दिएका हुन् । केही दिनअघिमात्रै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार व्यहोरेको थियो ।
टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले यसअघि पनि ४४ बिलियन डलरमा ट्वीटर खरिद गरेका थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया