एलन मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !
एजेन्सी । विश्वका चर्चित धनाढ्य एलन मस्कले फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने संकेत गरेका छन् । बुधबार ट्वीटरमा उनले उक्त क्लब खरिद गर्नेबारे बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘साथै, म म्यानचेस्टर युनाइटेड किन्दै छु । स्वागतम ।’ त्यसअघिको ट्वीटमा उनले आफूले स्पष्ट रूपमा बाँयातर्फ रिपब्लिकन पार्टीलाई र दायाँतर्फ डेमोक्रेटिक पार्टीलाई समर्थन गर्ने बताएका थिए । यसको केहीबेरमै उनले आफूले फुटबल क्लब म्यानचेस्टर युनाइटेड खरिद गर्न लागेको जानकारी दिएका हुन् । केही दिनअघिमात्रै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार व्यहोरेको थियो ।
टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले यसअघि पनि ४४ बिलियन डलरमा ट्वीटर खरिद गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया