प्रेम उता घरजम यता हुँदैन भन्दै विश्वप्रकाशले घोषणा गरे निर्वाचनमा उठ्ने क्षेत्र

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा नेताहरू को कहाँबाट उठ्लान् भन्ने चर्चा भइरहँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि मुख खोलेका छन् ।
२०७४ सालमा झापा १ बाट उठेर पराजित भएका विश्वप्रकाशले यसपटक काठमाडौं ५ बाट उठ्नेबारे चर्चा भएपछि प्रष्टीकरण दिएका हुन् ।
अघिल्लोपटक उनी माओवादीका सुरेन्द्र कार्की (राम कार्की)सँग २८६३ मतान्तरले पराजित भएका थिए ।
मंसिर ४ को चुनाव नजिकिएसँगै अर्कै चुनावी क्षेत्रको चर्चा भए पछि शर्माले सामाजिक संजालमार्फत् प्रष्टीकरण दिंदै आफ्नाे प्रेम उता घरजम यता नहुने भन्दै झापाबाटै उम्मेदवार बन्ने बताएका हुन् ।
‘फेरि प्रस्ट्याउँ–वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्ने छुनै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’ शर्माले सामाजिक संजाल ट्वीटरमा लेखेका छन् ।
सत्तारुढ पाँच दलबीच कार्यदल बनाएर चुनावी तालमेलमा सिट बाँडफाँटको प्रयास भइरहेको छ । यस्तो प्रयासमा यस अघि दलले आफूले जितेका ठाउँमा सोही दलका नेताले उम्मेदवारी दिने भन्ने मोटामोटी सहमति भएको छ ।
तर कांग्रेस महामन्त्री शर्माले यस अघि हारे पनि आफू झापाबाटै उम्मेदवार बन्ने भन्दै गठबन्धनका अर्का नेतालाई सम्मानसाज साथ लिएर हिड्ने घोषणा गरेका हुन् ।
सत्ता गठबन्धनकै दललाई केही ठाउँमा भने टिकट कसलाई दिने भन्ने सकस पर्ने देखिएको छ । यस्तो क्षेत्र १२ भन्दा बढी छन् ।
फेरि प्रस्ट्याउँ – वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो l तर मान्छे म मेची र निन्दा किनारकै हो !
काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै l तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु l प्रेम उता घरजम यता कुरै हुन्न l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 17, 2022
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया