वैदेशिक रोजगार विभागको जिम्मेवारी उमाकान्त आचार्यलाई
काठमाडौं । सरकारले वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिएको छ ।
आचार्यलाई मन्त्रिस्तरीय निर्णयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले महानिर्देशकको जिम्मा दिलाएका हुन् ।
यसअघि विभागको नेतृत्व सहसचिव शेषनारायण पौडेलले सम्हालिरहेका थिए । पौडेल अध्ययन विदामा बसेसँगै रिक्त भएको उक्त पदमा आचार्य नियुक्त भएका हुन् ।
सहसचिव आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशक थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया