NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, पदाधिकारी टुंग्याउने प्रचण्डको तयारी

काठमाडौं । पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक सभा घण्टा ढिला गरी सुरू भएको हो ।

बिहीबार बस्ने भनिएको बैठक पदाधिकारी छनोटमा विवाद हुने देखिएपछि बैठक बस्दै नबसी टुंगिएको थियो । १५ सदस्य पदाधिकारी रहेको माओवादीमा महासचिव छनोट सबैभन्दा पोचिलो बनेको छ ।

बुधबार बसेको बैठकले पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । पदाधिकारी आजै टुंग्याउने गरी प्रचण्डले तयारी गरेका छन् । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच सहमति नजुट्दा देव गुरुङले हात पार्ने सम्भावना रहेको छ ।

वरिष्ठ उपाध्यक्ष र तेस्रो तहको उपाध्यक्षमा प्रचण्डले यसअघि नै नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन भइसकेका छन् । उपमहासचिवमा पुन र शर्मालाई प्रस्ताव गर्ने र उपाध्यक्षमा गिरिराजमणि पोखरेलको सम्भावना बढेको छ ।

त्यस्तै अन्य चार उपाध्यक्षमा हरिबोल गजुरेल, गणेश साह, पम्फा भुसाल र दीनानाथ शर्माको सम्भावना रहेको छ । तीन सचिवमा देवेन्द्र पौडेल, चक्रपाणि खनाल र शक्ति बस्नेत देखिएका छन् । महासचिवको विकल्पमा प्रचण्डले गुरुङलाई ल्याउने तयारी गरेपछि शर्मा र पुनपक्षले असन्तुष्टि जनाएको छ ।