जापानमा कोरोनाको सातौं लहर, एकैदिन अढाइ लाख संक्रमित, बेड भरिभराउ
काठमाडौं । जापानमा एकै दिन दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
एकै दिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो ।
कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् ।
जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड–१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्दतिलाई दबाबमा पारेको र अस्पतालमा शय्या पाउन कठिन भएको बताएका छन् ।
यसैबीच, आज सिङ्गापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै सिङ्गापुरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ ।
त्यसैगरी आज उक्त सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया