फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका ५० स्वयंसेवक

काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् ।
यसक्रममा उनीहरुले आज बिहानदेखि महानगरका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र महानगरकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौं जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् ।
उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिए । उनले भने, ‘सफाइ कार्यक्रमको पहिलो दिन आज विहान बागबजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो । यस अभियानले स्वच्छ काठमाडौं बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । ’
ताजा अपडेट
-
विशेष अदालतको फैसलामाथि सर्वोच्च पुग्याे अख्तियार
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु
-
बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश
-
संसद्मा सत्तापक्ष-प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ-आफ्नै दाबी
-
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
प्रतिक्रिया