पढ्ने बानीकाे विकास : ६८ प्रतिशत तनाव कम
काठमाडौं । पढाइ सफलताको आधार हो भन्ने कुरा हामी सानै देखि आफ्नो बच्चालाई बुझाउने तथा सिकाउने गछौं । पढाइले तपाईंलाई अधिक संवेदनशील, नयाँ ज्ञान तथा शिक्षा दिन्छ । अहिले पढ्नु भनेको पाठ्यक्रमका पुस्तक मात्र नभई अखबार, पत्रिका, काल्पनिक पुस्तकर, कथा आदि सम्रग पर्छन् । पढने बानीको विकासले तपाईको मस्तिष्कको व्यायाम दिन्छ । जसले मस्तिष्कका विभिन्न भागलाई सक्रिय रूपमा जोड्छ।
पढ्ने प्रक्रियाले आफैमा बुझाइ र विश्लेषणको विकास गर्नुका सथै भावनालाई गहिरो बनाउँछ, पुस्तकमा हाम्रो समयको सामूहिक ज्ञान हुन्छ। तपाईंले जति धेरै पढ्नुहुन्छ, त्यति नै तपाईंले संसार बुझनसक्नुहुन्छ । यसले नयाँ शब्द र दृष्टिकोण सिकाउँछ। जसले भाषा बलियो हुन्छ भने वाक्य संरचनालाई तिखार्छ । पढाइसँग आत्मविश्वास जोडिएको हुन्छ ।
जुन आफुलाई बुझ्न उपयुक्त मानिन्छ । पुस्तकसँग हौसला दिन सक्ने, दुखी हुँदा प्रेरणा दिन सक्ने, क्षमता हुन्छ । युनिभर्सिटी अफ ससेक्सले गरेको एक अध्ययनले पढाइले व्यक्तिको तनाव ६८ प्रतिशत कम हुने तथ्यांक देखाएको छ । पढाइ नम्रताको निरन्तर अभ्यास हो जति धेरै पढ्नुहुन्छ, त्यति धेरै तपाइको मस्तिष्कले नयाँ ज्ञान लिइरहेको हुन्छ । पढ्ने बानीले तपाईलाई पूर्ण रूपमा रूपान्तरण गर्न सक्छ, र तपाईलाई दीर्घकालीन सफलतामा ल्याउन सक्छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया