भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना संक्रमित
काठमाडाैं । भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस संक्रमित भईसकेका छन् ।
भारतमा एक दिन अगाडि अर्थात शनिबार प्रकाशित तथ्यांकअनुसार एक दिनमा १३ हजार दुई ७२ जनामा सङ्क्रमण देखा परेको थियो । दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सक्रमितको संख्या ९९ हजार आठ सय ७९ जना रहेका छन् ।
गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट यहाँ ४३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँ पाँच लाख २७ हजार तीन सय ३२ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् । नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ६० लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया